स्वास्थ्यमा समस्या आएपछि गौरीकाले दुई इभेन्टको फाइनल गुमाउने – Nepal Press

स्वास्थ्यमा समस्या आएपछि गौरीकाले दुई इभेन्टको फाइनल गुमाउने

पोखरा । त्रिभुवन आर्मी क्लबकी पौडी खेलाडी गौरीका सिंहले नवौँ राष्ट्रिय खेलकुदमा दुई इभेन्टका फाइनल खेल गुमाउने भएकी छिन् ।

आठौँ राष्ट्रिय खेलकुदमा १२ वटा स्वर्ण पदक जितेकी गौरीका शनिवार बिहान भएको दुई वटा इभेन्टको हिट चरणबाट फाइनलमा पुगेकी थिइन् ।

तर, दिउँसो अकस्मात् स्वास्थ्यमा समस्या आएपछि उनी फाइनल इभेन्टमा सहभागी नहुने भएकी हुन् ।

गौरीका महिलातर्फ १ सय मिटर फ्रिस्टाइल र २०० मिटर ब्याकस्ट्रोकको फाइनल चरणमा पुगेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर