एथ्लेटिक्सः राष्ट्रिय कीर्तिमानसहित शिवराजलाई १०० मिटरमा स्वर्ण – Nepal Press

एथ्लेटिक्सः राष्ट्रिय कीर्तिमानसहित शिवराजलाई १०० मिटरमा स्वर्ण

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सको १०० मिटरमा एपीएफका शिवराज पार्कीले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका छन् ।

पोखरा रंगशालाको ट्र्याकमा शनिबार बिहान सम्पन्न दौडमा म्याराथन धावक गोपीचन्द्र पार्कीका भाई शिवराजले १०.५६ सेकेन्डको कीर्तिमानसहित स्वर्ण पदक जितेका हुन् । उनले सन् १९९९ सेप्टेम्बर २६मा राम कृष्ण चौधरीले काठमाडौंमा बनाएको १०.७१ सेकेन्डको कीर्तिमान भंग गर्दै स्वर्ण जितेका हुन् ।

यस्तै, त्रिभुवन आर्मी क्लबका युवराज विकले १०.५६ सेकेन्डमा निर्धारित दूरी पार गर्दै रजत पदक जिते । आर्मीकै डिल्ली भण्डारीले १०.६० सकेन्डमा दूरी पार गर्दै कास्य जितेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर