ह्यान्डबलमा एपीएफलाई कास्य पदक – Nepal Press

ह्यान्डबलमा एपीएफलाई कास्य पदक

काठमाडौं । नवौं बृहत राष्ट्रिय खेलकुदको पुरुष ह्यान्डबलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले रजत पदक जितेको छ ।

पोखरास्थित बहुउद्देसीय कभर्डहलमा शनिबार बिहान भएको खेलमा लुम्बिनी प्रदेशलाई १३–३५ को नतिजामा पराजित एपीएफले गर्दै कास्य जितेको हो । एपीएफका लागि अमृत बोहराले सर्वाधिक १० गोल गरे । लुम्बिनीका लागि अर्जुन चौधरीले पाँच गोल गरेका थिए ।

शुक्रबार भएको सेमिफाइनलमा गण्डकी प्रदेशसँग पराजित भएपछि लुम्बिनीको स्वर्ण जित्ने लक्ष्यमा पूर्णविराम लागेको थियो ।

यस्तै, शुक्रबार नै भएको अर्को सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले एपिएफलाई पराजित गरेको थियो । गण्डकी र विभागीय टोली आर्मीले शनिबार नै स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर