नवौं राष्ट्रिय खेलकुद: महिला १०० मिटर दौडमा लुम्बिनीकी निशाको नयाँ राष्ट्रिय किर्तीमान – Nepal Press

नवौं राष्ट्रिय खेलकुद: महिला १०० मिटर दौडमा लुम्बिनीकी निशाको नयाँ राष्ट्रिय किर्तीमान

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत शुक्रबार बिहानबाट सुरु भएको एथ्लेटिक्सको महिला १०० मिटर दौडमा लुम्बिनी प्रदेशकी निशा चौधरीले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् ।

पोखरा रंगशालाको ट्र्याकमा जारी दौडको १०० मिटर हिटमा निशाले निर्धारित दूरी १२.१० सेकेन्डमा पूरा गर्दै नयाँ कीर्तिमान बनाइन् ।

निशाले यसअघिको १२.१९ सेकेन्डको कीर्तिमान भङ्ग गरेकी हुन् । देविमाया पनेरुले १९९९ मा भएको आठौं दक्षिण एसियाली खेलकुद (साग)मा त्यो कीर्तिमान बनाएकी थिइन् ।

एथ्लेटिक्समा पहिलो दिन १०० मिटर महिला–पुरुष हिट, १० हजार मिटर महिला फाइनल, १५०० मिटर महिला–पुरुष फाइनल, ४०० मिटर महिला पुरुष हिट, सटफुट महिला–पुरुषको हिट र फाइनल हुने तालिका छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर