नवौं राष्ट्रिय खेलकुद : महिला फुटबलमा प्रदेश एकविरुद्ध एपीएफको सानदार जित, सावित्राको ६ गोल – Nepal Press

नवौं राष्ट्रिय खेलकुद : महिला फुटबलमा प्रदेश एकविरुद्ध एपीएफको सानदार जित, सावित्राको ६ गोल

पोखरा । सावित्रा भण्डारीको ६ गोलसहित नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबलमा प्रदेश १ लाई ७-१ गोलको नतिजामा पराजित गर्दै एपीएफले सानदार जित निकालेको छ । स्याङजाको वालिङस्थित मालेबगर फुटबल मैदानमा शुक्रबार सम्पन्न पहिलो खेलमा एपीएफलाई जित दिलाउन सावित्राले ६ गोल र अनिता केसीले एक गोल गरे । प्रदेश १ का लागि अन्जना थुलुङले १ गोल मात्रै फर्काइन् ।

खेलको २३ औं मिनेटमा गोल गर्दै एपीएफलाई सुरुआती अग्रता दिलाएकी थिइन् । त्यसको एक मिनेट नबित्दै प्रदेश १ की अन्जनाले बराबरी गोल फर्काएकी थिइन् । सावित्राले खेलको ४० औँ मिनेटमा व्यक्तिगत दोस्रो गरेकी थिइन् । पहिलो हाफको अन्तिम मिनेटमा साबित्राले ह्याट्रिक पूरा गरिन् ।

यस्तै ,सावित्राले खेलको ५१औँ मिनेटमा व्यक्तिगत चौथो गोल गरिन् । प्रदेश एक माथि हावि भएको एपीएफका लागि ५८ मिनेटमा पाँचौ गोल गरर्दै सावित्राले टिमको अग्रता फराकिलो पारिन् । अनिता केसीले ६०औँ मिनेटमा गरेको गोलसँगै एपीएफ ६-१ ले अघि रहयो। त्यस्तै, सावित्राले ६५औँ मिनेटमा व्यक्तिगत छैठौं गोल गर्र्दै एपीएफको जित ७-१ ले सुनिश्चित गरिन् ।

यस्तै, शुक्रबार नै भएको दोसो खेलमा गण्डकी प्रदेश विजयी भएको छ । गण्डकीले कर्णाली प्रदेशलाई ३-० गोलको नतिजामा पराजित गरेको हो । शुक्रबारको तेस्रो तथा अन्तिम खेलमा मधेश प्रदेश र सुदुरपश्चिम प्रदेश विच प्रतिस्पर्धा भएको थियो । निर्धारित समयमा दुबै समुहले गोल गर्न नसकेपछि एक-एक अंक बाँडे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर