राष्ट्रिय खेलकुद ह्यान्डबल : गण्डकी र आर्मी फाइनलमा – Nepal Press

राष्ट्रिय खेलकुद ह्यान्डबल : गण्डकी र आर्मी फाइनलमा

पोेखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत गण्डकी प्रदेश पुरुष ह्यान्डबलको फाइनल प्रवेश गरेको छ । गण्डकीले लुम्बिनीलाई ५४-२१ गोलको खतिजामा पराजित गर्दै फाइनल पुगेको हो । गण्डकीका चन्द्र थापाले सर्वाधिक १८ गोल गरे ।

अर्को सेमिफाइनलमा आर्मीले विभागिय प्रतिदेवन्दी एपीएफ कल्बलाई २७-२२ ले हराउँदै फाइनलमा स्थान बनायो । एपीएफका सन्दीप कार्कीले सर्वाधिक ७ गोल गरे ।

फाइनल गण्डकी र आर्मीबीच शनिबार दिउँसो ४ बजे हुनेछ । त्यसअघि, एपीएफ र लुम्बिनीबीच विहान ८ बजे तेस्रो स्थानका लागि खेल हुनेछ ।

महिला आर्मी र एपीएफ फाइनलमा पुगे । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा भएको पहिलो सेमिफाइनल खेलमा एपीएफले प्रदेश–१ माथि २९-६ को सहज जित दर्ता गपुर्‍यो । एपीएफकी उमा राईले सर्वाधिक ७ गोल गरिन् ।

आर्मीले घरेलु टोली गण्डकीलाई २४-९ ले हरायो । आर्मीकी कल्पना ओलीले सर्वाधिक ७ गोल गरिन् ।

आर्मी र सशस्त्रबीच शनिबार दिउँसो २ बजे फाइनल खेल हुनेछ । त्यसअघि, गण्डकी र प्रदेश-१ बीच तेस्रो स्थानका लागि विहान १० बजे खेल हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर