विदेशी लगानीको सीमा घट्यो
नेपाल प्रेस
२०७९ असोज २८ गते १५:३७
काठमाडौं । सरकारले विदेशी लगानीको न्यूनतम सीमा २ करोड रुपैयाँ तोक्ने निर्णय गरेको छ ।
शुक्रवार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा ३ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी विदेशी लगानीको न्यूनतम सीमा प्रति विदेशी लगानी कर्ता २ करोड रुपैयाँ तोक्ने निर्णय गरेको बताएका हुन् ।
यसअघि ५ करोड रुपैयाँ थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर