नवौं राष्ट्रिय खेलकुद : ६ हजार १५७ खेलाडी ३९३ स्वर्णका लागि प्रतिस्पर्धा गर्दै – Nepal Press

नवौं राष्ट्रिय खेलकुद : ६ हजार १५७ खेलाडी ३९३ स्वर्णका लागि प्रतिस्पर्धा गर्दै

काठमाडौं । नवौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन शुक्रबार हुँदैछ। पोखरा रंगशालामा हुने खेल अपरान्ह ४ बजे हुने उद्घाटनमा ७ प्रदेश, तीन विभागीय टोली र एनआरएनएका खेलाडीले मार्चपास गर्नेछन् ।

प्रतियोगितामा दुई प्रदर्शन खेलसहित ३८ खेलमा प्रतिस्पर्धा हुँदैछ । ६ हजार १५७ खेलाडीले ३९३ स्वर्ण, ३९३ वटै रजत र ६०० कास्य पदकका लागि प्रतिस्पर्धा गर्दैछन् ।

२०३८ सालदेखि सुरु भएको राष्ट्रिय खेलकुद हरेक दुई वर्षमा आयोजना हुनुपर्ने भए पनि विभिन्न कारणले निर्धारित समयमा आयोजना हुनबाट पटक-पटक रोकिने गरेको थियो ।

२०४० सालमा दोस्रो संस्करण आयोजना गरेयता गण्डकीमा पहिलोपटक राष्ट्रिय खेलकुद आयोजना गरिएको हो । यसपटक गण्डकी प्रदेशका मनाङ, मुस्ताङ र लमजुङबाहेक सबै जिल्लामा राष्ट्रिय खेलकुदका विभिन्न खेलहरु आयोजना हुँदैछन् ।

प्रतियोगिताको उद्घाटनमा मात्र ३ करोड रुपैयाँ खर्च हुने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर