‘चि मुसी चि ’ फिल्म पुसमा रिलिज – Nepal Press

‘चि मुसी चि ’ फिल्म पुसमा रिलिज

काठमाडौं । हरर थ्रिलर कथामा नेपाली सिनेमा ‘चि मुसी चि इभन डेड डिजायर बिलङ्गिङ’निर्माण भएको छ । शुक्रबार पोस्टर सार्वजनिक गर्दै सिनेमा टाइटल घोषणा गरेको हो । सिनेमा पौष महिनामा रिलिज गर्ने लक्ष्य राखिएको प्रस्ततुकतर्ता अरुण चक्रावर्तीले बताए ।

एएमवाई स्टुडियो प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमामा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव बिष्ट लगायतका कलाकारको अभिनय रहेको छ । यो सिनेमाले नेपालमा हरर थ्रिलर सिनेमामा एउटा ट्रेण्ड स्थापित गर्ने विश्वास निर्माता चक्रावर्तीको छ ।

सिनेमाको निर्देशन मार्ना जेम्स र यश सैनीले संयुक्त रुपमा गरेका हुन् । सिनेमा नेपाली, बलिउड र हलिउडमा प्राविधिकको समिश्रणमा निर्माण भएकाले पनि केही फरक र नयाँपन दर्शकले महसुस गर्न पाउने विश्वास निर्माण टिमको छ । सिनेमामा रिञ्जु केसीसँग मिलेर प्रस्तुतकर्ता अरुण चक्रावर्ती लगानी गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *