जम्बो इको भेइकलको तिहार अफरः ७ हजारदेखि १० लाखसम्मको अफर – Nepal Press

जम्बो इको भेइकलको तिहार अफरः ७ हजारदेखि १० लाखसम्मको अफर

काठमाडौं । नेपालमा विभित्र ब्राण्डका ईलेक्ट्रिकल स्कुटर तथा साइकल आयात गरी बिक्री गर्दै आएको जम्बो इको भेइकलले चाड–पर्वलाई लक्षित गरी दसैँ–तिहार जम्बो अफर ल्याएको छ ।

यस अफर अन्तरगत जम्बो इको भेहिकलले बिक्री बितरण गर्दै आएका साइकल ताथा स्कुटरहरुमा ग्राहकले नगद ७ हजारदेखि ३५ हजारसम्म छुट पाउनका साथै १० लाख बराबरको दुर्घटना बिमा पाउने छन् ।

लोकन्थली (जडिबुटी) भक्तपुरमा मल्टीब्राण्ड शोरुम रहेको जम्बो इको भेहिकलले हाल सस्तोमा ७५ हजारदेखि ३ लाख २० हजारसम्म पर्ने ईलेक्ट्रिकल स्कुटर तथा सवारी साधन बिक्र बितरण गर्दै आएको छ ।

फरक फरक मोडेलमा छुट भए पनी प्रत्यक साधनमा १० लाख बराबरको दुर्घटना बीमा गरिएको प्रमुख कार्यकारी अधिकृत सन्तोष न्यौपाने बताए ।

जम्बो इकोले लिथियम आयन युक्त प्रविधीका ईलेक्ट्रिकल स्कुटर, ईलेक्ट्रिकल साइकलका साथै ईलेक्ट्रिकल व्हिल चियर उपलब्ध गराउदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *