आईएमई लाइफले ५ अर्ब पूँजी संस्थापक शेयरधनीबाटै पुर्‍याउने – Nepal Press

आईएमई लाइफले ५ अर्ब पूँजी संस्थापक शेयरधनीबाटै पुर्‍याउने

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स ५ अर्ब चुक्ता पूँजी शेयरधनीलाई नै थप शेयर जारी गरेर पुर्‍याउने भएको छ ।

इन्स्योरेन्सको पाँचौं वार्षिक साधारणसभाले संस्थापक शेयरधनीबाट हाल कायम रहेको चुक्ता पूँजीको शत प्रतिशत बराबरको शेयर पूँजी थप गर्ने, शेयर पूँजी थप भएपश्चात् सर्वसाधारणका लागि छुट्याइएको शेयर निष्काशन गर्ने निर्णय गरेको छ । जीवन बीमा कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुर्‍याउनुपर्ने प्रावधान बीमा समितिले गरेको छ ।

सो सभाले कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गरेको छ । पूँजी वृद्धिलगायत कम्पनीको प्रवन्ध-पत्रको उद्देश्यमा कम्पनीले आवश्यकताअनुसार विभिन्न सहायक कम्पनीहरु स्थापना गर्ने उद्देश्य थप गर्ने र संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरबदलको निर्देशन प्राप्त भएमा सोहीअनुसार फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय पनि गरिएको छ ।

कम्पनीले सातै प्रदेशमा शाखा सञ्जाल विस्तार गरी हाल १४० शाखा तथा उपशाखामार्फत सेवा दिइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *