नवौं राष्ट्रिय खेलकुद : तेश्रो दिन फेन्सिङ्गमा वागमतीलाई दुई स्वर्ण – Nepal Press

नवौं राष्ट्रिय खेलकुद : तेश्रो दिन फेन्सिङ्गमा वागमतीलाई दुई स्वर्ण

काठमाडौं । वागमती प्रदेशले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत फेन्सिङमा तेश्रो दिन दुई स्वर्ण जितेको छ । यससँगै वागमतीको फेन्सिङमा ४ स्वर्णसहित पदक तालिकामा अग्रस्थानमा रहेको छ । बुधबार पुरुष टिम फ्वईल तर्फ वागमतीले सेनालाई ४५-३५ अंकले पराजित गर्दै स्वर्ण संख्यालाई तीनमा पुर्‍याएको हो । सुदूरपश्चिम र प्रदेश १ ले कास्य पदक प्राप्त गरे ।

यस्तै, आजै सम्पन्न महिलाको सेवर टिम ईभेन्टस्मा पनि वागमतीले स्वर्ण हात पार्दै स्वर्ण संख्यालाई ४ पुर्‍याउँदै पदक तालिकामा आफुलाई अग्रस्थानमा पुर्‍याउन सफल भएको छ ।

वागमतीले सेनालाई ४५-३५ अंकले पराजित गर्दै स्वर्ण जितेको हो । एपिएफ र प्रदेश १ ले कास्य पदक प्राप्त गरे ।

पोखरा रङ्गशालास्थित ब्याडमिन्टन कभर्डहलमा भएको प्रतियोगिताको महिला इपीतर्फको प्रतिस्पर्धामा सेनाले विजयी हुँदै स्वर्ण हात पारे । सेनाले एपिएफलाई ४५-४० ले पराजित गरेको हो । तेश्रो स्थानमा प्रदेश १ र सुदूरपश्चिम रह्यो ।

बिजयी खेलाडीहरुलाई युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजलगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर