नवौं राष्ट्रिय खेलकुद : मधुको उत्कृष्ट बलिङमा लुम्बिनीले कर्णालीलाई १ सय ४ रनले हरायो – Nepal Press

नवौं राष्ट्रिय खेलकुद : मधुको उत्कृष्ट बलिङमा लुम्बिनीले कर्णालीलाई १ सय ४ रनले हरायो

काठमाडौं । मधु डिसीको उत्कृष्ट वलिङमा कर्णाली प्रदेशलाई २३ रनमा समेट्दै लुम्बिनी प्रदेशले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटमा पहिलो जित निकालेको छ । पोखरा रंगाशालामा टस जितेर ब्याटिङमा उत्रिएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २८ रनको लक्ष्य कर्णाली सामु प्रस्तुत गरेको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको कर्णाली ८.३ ओभरमा २३ रनमा समेटिदै अलआउट भयो । लुम्बिनीको बलिङमा मधु डिसीले उत्कृष्ट प्रदर्शन गरिन् उनले ४ ओभरमा ११ रन खर्चेर चार विकेट लिइन् । यस्तै, कृतिका मरासिनीले २ तथा सुस्मिता भुसालले एक विकेट लिए ।

पहिला ब्याटिङ गरेको लुम्बिनीका लागि ओपनर लक्ष्मी चौधरीले सर्वाधिक ३१ रनको योगदान गरिन् । कप्तान सरस्वती गंगा मगरले ३० रन जोड्दा सुस्मिता बजगाई र मधु डिसील समान १२ रन जोडे ।

कर्णालीको बलिङमा अन्जु गुरुङले दुई तथा एन्जीला क्षेत्रीले एक विकेट लिए । कर्णालीको ब्याटिङमा कुनैपनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

जितसँगै समूह बीमा लुम्बिनीले सेमिफाइनल सम्भावना बलियो बनाएको छ । दुई खेलमा तीन अंक जोडेको लुम्बिनी समूह बीको दोस्रो स्थानमा छ । दुई खेलमा दुई जित निकालेको एपीएफ ४ अंकसहित शिर्ष स्थानमा छ । प्रदेश १ को एक अंक छ । कणार्ली जित बिहिन छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर