विश्व आर्थिक संकटको खतरामा: आइएमएफ – Nepal Press

विश्व आर्थिक संकटको खतरामा: आइएमएफ

काठमाडौं । विश्वव्यापी आर्थिक मन्दीको अनुभव हुन थालेको अन्तर्राष्ट्रिय मुद्राकोषले जनाएको छ ।

युक्रेन रुसको आक्रमण र लामो समयसम्म रहेको माहामारी जस्ता कारणले विश्व अपेक्षा गरेभन्दा तीव्र मन्दीको चरणमा रहेको छ । अहिले अधिकांश क्षेत्रमा कडा खालको आर्थिक अवस्था र जीवनयापन पनि महंगिदै गएको छ ।

विश्वमा २०२१ मा ६ प्रतिशत आर्थिक वृद्धि रहेको र त्यो २०२२ मा आउँदा ३.२ प्रतिशत र २०२३ मा २.७ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण आइएमएफको छ ।

विश्वव्यापी मुद्रास्फीति २०२१ मा ४।७ प्रतिशतबाट बढेर २०२२ मा ८.८ प्रतिशतमा पुग्ने प्रक्षेपण गरिएको छ तर २०२३ मा ६.५ प्रतिशत र २०२४ सम्म ४.१ प्रतिशतमा झर्ने प्रक्षेपण छ ।

रुस–युक्रेनबीचको युद्ध लम्बिँदै जानु, चीनमा शून्य कोभिड नीति लागु गर्नु र मुद्रास्फीतिका कारण खाद्यान्न तथा इन्धनको मूल्य बढ्दै जानुले विश्वव्यापी अर्थतन्त्रमा थप चुनौती थपेको छ ।

यसैगरी विकसित अर्थतन्त्र भएका मुलुकहरुले मुद्रास्फीति नियन्त्रण गर्न नसक्दा त्यसको प्रभाव विकासोन्मुख अर्थतन्त्र भएका मुलुकमा देखिएको छ ।

मुद्रास्फीति नियन्त्रणमा नआउनु, रुस–युक्रेन युद्धले भयावह रुप लिँदै जानु र चीनमा कोभिड–१९ संक्रमण फैलिरहँदा चीनले अवलम्बन गरेको शून्य कोभिड नीतिका कारण सन २०२३ अझै कष्टकर रहने आइएमएफको अनुमान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *