११२ सहसचिव र ३२१ उपसचिव पदमा विज्ञापन खुला (सूचीसहित) – Nepal Press

११२ सहसचिव र ३२१ उपसचिव पदमा विज्ञापन खुला (सूचीसहित)

काठमाडौं । लोक सेवा आयोगले नेपाल सरकरको राजपत्रांकित प्रथम श्रेणी अर्थात सहसचिव र राजपत्रांकित द्धितिय श्रेणी अर्थात उपसचिव गरी ४३३ कर्मचारी भर्नाका लागि विज्ञापन खुला गरेको छ । आयोगले बुधबार एक सूचना जारी गर्दै ११२ सहसचिव र ३२१ उपसचिव गरी जम्मा ४३३ जनाका लागि विज्ञापन खुलाएको हो ।

आयोगका अनुसार इन्जिनियरिङ सेवातर्फ सहसचिव पदमा २१ र उपसचिव पदमा ४९ जना कर्मचारी भर्ना गरिने छ । यस्तै, कृषि सेवातर्फ २ सहसचिव र १३ उपसचिव, परराष्ट्र सेवातर्फ ७ सहसचिव र ११ उपसचिव, प्रशासन सेवातर्फ २२ सहसचिव र १११ उपसचिवको लागि भर्ना खुलेको आयोगले जनाएको छ ।

लेखा परीक्षण सेवातर्फ सहसचिवमा ५ र उपसचिवमा २२, वन सेवातर्फ सहसचिवमा ६ र उपसचिवमा पनि ६, शिक्षा सेवातर्फ सहसचिवमा २ र उपसचिवमा २२, स्वास्थ्य सेवातर्फ सहसचिवमा ४३ र उपसचिवमा ५९, राष्ट्रिय मानव अधिकार सेवातर्फ सहसचिवमा ४ र उपसचिवमा ८ जनाका लागि लोक सेवा आयोगले भर्ना खुलाएको छ ।

आर्थिक योजना तथा तथ्यांक सेवा, विविध सेवा र संघीय संसद सेवातर्फ सहसचिवमा विज्ञापन खुलेको छैन । तर, उपसचिव पदमा भने क्रमशः ३, ६ र ११ पदमा विज्ञापन खुलाइएको छ । दरखास्त फारम बुझाउने म्याद २०७९ कात्तिक २९ गतेसम्म रहेको आयोगले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *