दिउँसो १ बजेभित्र बागी उम्मेदवारी फिर्ता नलिए कारबाही गरिने नेकपा एसको चेतावनी – Nepal Press

दिउँसो १ बजेभित्र बागी उम्मेदवारी फिर्ता नलिए कारबाही गरिने नेकपा एसको चेतावनी

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले सत्ता गठबन्धनका उम्मेदवारविरुद्ध बागी वा स्वतन्त्र उम्मेदवारी दिने पार्टी नेता तथा कार्यकर्तालाई आज दिउँसो १ बजेभित्र उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ ।

तोकिएको समयमा उम्मेदवारी फिर्ता नलिएमा बागी उम्मेदवार तथा उनका प्रस्ताव र समर्थक पार्टीले कारबाही गर्ने चेतावनी दिएको हाे ।

पार्टीका महासचिव बेदुराम भुसालले ले सोमबार साँझ जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘ पार्टी निर्देशनको अवज्ञा गरी उम्मेदवारी कायम राखेमा पार्टीले कारवाही गरिनेछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर