फेन्सिङ: पुरुष सावरमा राजेन्द्रलाई स्वर्ण – Nepal Press

फेन्सिङ: पुरुष सावरमा राजेन्द्रलाई स्वर्ण

काठमाडौं । एपिएफका राजेन्द्र गजुरेलले नवाैं राष्ट्रिय खेलकुद अन्तर्गत फेन्सिङ्गको सावर विधामा लागि स्वर्ण जितेका छन् ।

उनले थोरै अंकको अन्तरमा सेनाका उपेन्द्र शाहीलाई १५–१२ अंकले पराजित गर्दै एपीएफका लागि स्वर्ण जिते। एपिएफका खेम खत्री र सेनाका रघु वीर चन्द संयुक्त तेश्रो हुँदै कास्य पदक प्राप्त गरे ।

इपी विधामा ओमकार सिंहले बागमती प्रदेशका लागि दोश्रो स्वर्ण जोडे । ओमकारले सेनाका राम थापालाई झिनो अन्तरले पराजित गर्दै स्वर्ण कब्जा गरेका हुन् । ओमकारले रामलाई १५–१४ अंकले पराजित गर्दै स्वर्ण जितेका हुन् । तेश्रो स्थानमा सेनाका मिन कार्की र गण्डकीका विजय अधिकारी रहे ।

फ्वलको महिला तर्फको प्रतिस्पर्धामा सेनाकी रमा कुमारी सिंहले जित हात पार्दै सेनाको खातामा स्वर्ण जित्न सफल भईन् ।

उनले एपिएफकी मनिषा राईलाई १५–१४ अंकले पराजित गर्दै स्वर्णको हकदार बनिन् । एपिएफकी मन्दिरा थापा र अनिता अधिकारीले कास्यमा चित्त बुझाए ।

नवौं राष्ट्रिय प्रतियोगितामा फेन्सिङ्गमा ६ स्वर्णका छिनोफानो भएको छ भने समग्रमा ७ स्वर्ण पदकको छिनोफानो भएको छ । पुरुष क्रिकेटमा नेपाल पुलिसले पहिलो स्वर्ण जितेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर