पेन्सन कोषको रकम बैंक तथा वित्तीय संस्थाको मुद्दतीमा लगानी गर्दै राष्ट्र बैंक (सूचनासहित) – Nepal Press

पेन्सन कोषको रकम बैंक तथा वित्तीय संस्थाको मुद्दतीमा लगानी गर्दै राष्ट्र बैंक (सूचनासहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषको ५६ करोड रुपैयाँ लगानी गर्ने भएको छ । बैंकले उक्त रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो ।

केन्द्रीय बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा ४४ करोड ८० लाख, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा ८ करोड ४० लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा २ करोड ८० लाख रुपैयाँ लगानी गर्नेछ ।

२०७९ कात्तिक ३ देखि २०८० कात्तिक ४ गतेसम्मका लागि मुद्दती निक्षेपमा राख्न चाहेका बैंकहरुले दिने ब्याजदर र लिन चाहेको रकम उल्लेख गरेर यही २७ गते राष्ट्र बैंकमा पुग्ने गरी आवेदन दिन आह्वान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *