अन्तर्राष्ट्रिय रोबोटिक्स प्रतिष्पर्धामा भाग लिने यु–१८ खेलाडीहरुलाई बिदाइ – Nepal Press

अन्तर्राष्ट्रिय रोबोटिक्स प्रतिष्पर्धामा भाग लिने यु–१८ खेलाडीहरुलाई बिदाइ

काठमाडौं । सन् २०२२ को अन्तर्राष्ट्रिय रोबोटिक्स प्रतिष्पर्धामा भाग लिने यु–१८ खेलाडीहरुलाई बिदाइ गरिएको छ ।सोमवार रोबोटिक्स एशोसिएशन लगायतका सम्बन्धित संघसंस्थाले नेपालको तर्फबाट प्रतिष्पर्धामा भाग लिने प्रतिष्पर्धीहरुको बिदाइ गरेको हो ।

यु १८ को नेपाली खेलाडी टिमले स्विट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय रोबोटिक्स प्रतिष्पर्धामा भाग लिनेछ । यो प्रतियोगिता असोज२७ गतेबाट ३१ गतेसम्म सञ्चालन हुनेछ ।

एशोसिएशनले विभिन्न समयमा गराउनेविद्यालयस्तरको प्रतियोगितामा उत्कृष्ट भएकाहरूलाई समेटेर राष्ट्रिय टिम बनाएको छ । बिदाइ कार्यक्रममा रोबोटिक्स एशोसिएशनका सहसचिव ओमकार जैसवालले नेपालले यस पटकको रोबोटिक्स प्रतिष्पर्धामा कुनै न कुनै टाइटल लिएर आउने बताए ।

उनले यसपटक जलवायु परिवर्तनसँग सम्बन्धित कार्बन क्याप्चर भन्ने थिम रहेको र प्रतिष्पर्धाका लागि रोबोटका कामहरुलाई पूरा गर्नेमाआफ्नो लक्ष्य रहने बताए । त्यस्तै खेलाडी संकल्प भट्टराईले १८० वटा देशलाई पठाएको किटबाट आफ्नो कौशताले रोबोट बनाएर कार्बन क्याप्चर थिममा काम गरेर बढी भन्दा बढी क्वेन्स कमाएर जित्ने खेल भएको बताए ।

त्यस्तै अर्का खेलाडी सूर्यदीप श्रेष्ठले गेम जित्न नसकेपछि कुनै न कुनै टाइटल लिएर आउने बताए। नेपाली खेलाडीहरुको ८ जनाको टोली रहेको छ । त्यस्तै टिम म्यानेजर रिया शाहीले नेपाली टिम एकदमै उत्साहीत रहेको बताए । असोज २७ देखि ३१ गतेसम्म नेपालले यसमा भाग लिनेछ ।

उनीहरुले नेपाल बलियो रहेकाले राम्रो स्थान हात पार्ने पनि दाबी गरे। रोबोटिक्स एशोसिएशन अफ नेपालमार्फत यो प्रतिष्पर्धामा नेपाली
विद्यार्थीहरू भाग लिँदै आएका छन् ।

कोभिडअघि एशोसिएशनले १८ वर्ष उमेर समूहका लागि विशेष किसिमको प्रतिष्पर्धा गराउँथ्यो । त्यही प्रतिष्पार्धामा उत्कृष्ट भएकाहरू फस्र्ट ग्लोवल च्यालेन्जमा भाग लिन जान पाउने व्यवस्था थियो । कोरोनाका कारण सन् २०१९ देखि यन्त्र प्रतिष्पर्धा भएको छैन ।

नेपालले सन् २०१८, २०१९ र २०२० र २०२१ को प्रतिष्पर्धामा भाग लिएको छ । सन् २०२२ को प्रतिष्पर्धामा भौतिक उपस्थिति जनाउँदैछ । सन् २०२० र २०२१ भर्चुअल माध्यमबाट सहभागिता जनाएको थियो ।

नेपाली टिम सन् २०१९ मा उत्कृष्ट ३२ भित्र र सन् २०१८ को प्रतिष्पर्धामा ९५ औं स्थानमा थियो । प्रतियोगिताका लागि यसअघि ओलम्पिक्समा सहभागी हुने १ सय ८० मुलुकका प्रतियोगी सबैलाई एकै खालको रोबो किट उपलब्ध गराइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर