क्लब फुटबलमा रोनाल्डोले पुरा गरे ७ सय गोल – Nepal Press

क्लब फुटबलमा रोनाल्डोले पुरा गरे ७ सय गोल

काठमाडौं । विश्व कीर्तिमानी क्रिस्टियानो रोनाल्डोले क्लब फुटबलमा ७ सय गोल पुरा गरेका छन्। इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार राति एभर्टनविरुद्ध गोल गर्दै रोनाल्डोले उक्त कोसेढुंगा पार गरेका हुन्।

एभर्टनको मैदानमा भएको खेलमा म्यान युनाइटेड २–१ गोलले विजयी हुँदा निर्णायक गोल रोनाल्डोले गरेका हुन्। खेलमा एभर्टनले सुरुवाती अग्रता लिएपनि एन्टोनीले १५ र रोनाल्डोले ४४ औं मिनेटमा गोल गरेका थिए। रोनाल्डो २९ औँ मिनेटमा एन्थोनी मार्सलको स्थानमा मैदान छिरेका थिए।

रोनाल्डोले तीन खेलपछि क्लबका लागि गोल गरेका हुन्। सन् २००२ देखि प्रिमियर लिग फुटबल खेल्न थालेका रोनाल्डोले यसबीचमा पोर्चुगलको स्पोर्टिङ सिपीका लागि ५, म्यान युनाइटेडका लागि एक सय ४४, रियल म्याड्रिडका लागि ४ सय ५० र युभेन्ट्सका लागि एक सय १ गोल गरेका छन्। उनले ७ सय गोलको कोसेढुंगा ९ सय ४५ खेलमा पुरा गरेका हुन्।

पोर्चुगलका कप्तानसमेत रहेका रोनाल्डो सिनियर अन्तर्राष्ट्रिय फुटबलका सर्वाधिक गोलकर्ता हुन्। उनले एक सय १७ गोल गरेका छन्। ३७ वर्षीय यी स्टार स्ट्राइकर यो सिजन भने लयमा छंैनन्। उनले क्लबका लागि १० खेल खेल्दै २ गोल मात्र गर्न सकेका छन्। क्लबमा सुरुवाती–११ मा समेटिन छाडेपछि म्यान युनाइटेड टिम व्यवस्थापन र रोनाल्डोबीच पछिल्लो समय दुरी बढ्दै गएको बताइन्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर