एएफसी यू-१७ एसिया कप छनोट: नेपालको गोल तर मध्यान्तरसम्म चाइनिज ताइपेई अगाडि – Nepal Press

एएफसी यू-१७ एसिया कप छनोट: नेपालको गोल तर मध्यान्तरसम्म चाइनिज ताइपेई अगाडि

काठमाडौ‌ं । एएफसी यू-१७ एसिया कप छनोटअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपाल अहिले चाइनिज ताइपेईसँग खेलिरहेको छ ।

पहिलो हाफको समाप्तिमा चाइनिज ताइपेई २-१ गोलले अगाडि छ । समूहका अघिल्ला दुवै खेलमा पराजित भएर नेपालको यात्रा छनोट चरणमै सीमित हुने पक्का भएको थियो ।

पहिलो खेलमा थाइल्यान्डले ३-० गोलले हराएको थियो भने दोस्रो खेलमा नेपाल भियतनामसँग ५-० गोलले पराजित भएको थियो ।

प्रतियोगितामा चाइनिज ताइपेईले पनि अघिल्ला दुवै खेलमा हार व्यहोरेको थियो । छनोट चरणमा रहेका १० समूहका विजेता र सर्वोत्कृष्ट ६ उपविजेता गरी १६ टोलीले फाइनल चरणमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर