पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र अर्थशास्त्री विश्व पौडेल चितवन १ बाट चुनावमा भिड्दै – Nepal Press

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र अर्थशास्त्री विश्व पौडेल चितवन १ बाट चुनावमा भिड्दै

काठमाडौं । चितवन क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट पूर्वअर्थमन्त्री तथा उपाध्यक्ष सुरेन्द्र पाण्डे र नेपाली कांग्रेसबाट अर्थशास्त्री डा. विश्व पौडेल उम्मेदवार बन्ने भएका छन् । डा. पौडेल राष्ट्रिय योजना आयोगको उपाध्यक्षबाट राजीनामा दिएर चुनावमा होमिएका हुन् ।

उपाध्यक्ष पाण्डेको क्षेत्रमा जेएन थपलियाको पनि टिकट पाउने चर्चा थियो । तर, एमालेले पाण्डेलाई नै टिकट दिएको छ । चितवन क्षेत्र नम्बर १ मा डा. पौडेलसँगै योजना आयोगकै पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेले पनि टिकट पाउने चर्चा थियो । तर, पौडेलले नै बाजी मारे ।

पूर्वअर्थमन्त्री पाण्डे र अर्थशास्त्री डा. पौडेल दुबै उम्मेदवार अर्थतन्त्र बुझेका व्यक्ति हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *