रामेछाप कप खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि सोसियल सिटीलाई – Nepal Press

रामेछाप कप खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि सोसियल सिटीलाई

रामेछाप । दीपशिखा ब्वइज युनाइटेड क्लब रामेछापद्वारा आयोजित जिल्लाकै सर्वाधिक पुरस्कार राशि भएको दोस्रो रामेछाप कप खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि मन्थलीको सानीमदौ सोसियल सिटीले हात पारेको छ ।

शनिबार अपराह्न भएको फाइनलमा सानीमदौ सोसियल सिटीले रिभरसाइड क्लब गाइखुरालाई पेनाल्टी सुट आउटमा पराजित गरेको हो । निर्धारित समयसम्म दुवै टिमबाट गोल नभएपछि प्रतियोगिता पेनाल्टी सुटआउटमा पुगेको थियो ।

पेनाल्टीमा समेत दुवै टिमले ५-५ गोल गरेका थिए । त्यसपछि रेफ्रीले अतिरिक्त पेनाल्टी सुटको मौका दिएका थिए । अतिरिक्त पेनाल्टीमा सानीमदौले १ गोल गरेको थियो भने गाईखुराको पेनाल्टी गोलरक्षकले नियन्त्रणमा लिएका थिए ।

योसँगै सानीमदौ सोसियल सिटीले ३ लाख ३ हजार नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । दोस्रो हुने रिभरसाइड गाईखुराले २ लाख २ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र; तृतीय स्थानमा रहेको आयोजक दीपशिखा ब्वइज युनाइटेड क्लबले १ लाख १ हजार नगदसहितको पुरस्कार प्राप्त गरेको थियो ।

प्रतियोगितामा विजयी टिम तथा खेलाडीलाई मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले पुरस्कार वितरण गरेका थिए ।

विजया दशमीको अवसरमा असोज १० गतेदेखि सञ्चालन भएको उक्त प्रतियोगितामा १५ टिमले सहभागिता जनाएका थिए ।

खेलमा २००० भन्दा बढी दर्शकको सहभागीता थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर