लघुबीमा लाइसेन्सका लागि चार गुणा बढी आवेदन (सूचीसहित)
काठमाडौं । लघुबीमा सञ्चालनको लागि अनुमति माग गर्दै ३१ वटा कम्पनीले आवेदन दिएका छन् । भदौ १० गते ३५ दिने सूचना जारी गर्दै बीमा समितिले आवेदन माग गरेको थियो । अन्तिम समयमा समितिमा आवेदनको ओइरो लागेको छ ।
समितिका अनुसार नियो लाइट माइक्रो (जनरल) इन्स्योरेन्स, स्वदेशी लघु जीवन बीमा, जानकी जीवन बीमा, नेपाल माइक्रो इन्स्योरेन्स, गार्डेन माइक्रो लाइफ, कर्णाली माइक्रो इन्स्योरेन्स र एभरेष्ट माइक्रो इन्स्योरेन्स, एक्सप्रेस माइक्रो इन्स्योरेन्स, ट्रस्ट माइक्रो इन्स्योरेन्स, माछापुच्छ्रे माइक्रो इन्स्योरेन्सले लघुबीमाका लागि आवेदन दिएका छन् ।
यस्तै, अल्फा माइक्रो इन्स्योरेन्स, उन्नति माइक्रो लाइफ इन्स्योरेन्स, उन्नती माइक्रो जनरल इन्स्योरेन्स, लुम्बिनी लघु जीवन बीमा, मुक्तिनाथ जनरल माइक्रो इन्स्योरेन्स, मुक्तिनाथ माइक्रोलाइफ इन्स्योन्स, गरिमा माईक्रो इन्स्योरेन्स, सिजि लाइफ इन्स्योरेन्स, सिजि इनस्योर, सिजि इन्स्योरेन्स माईक्रो इन्स्योरेन्स, गण्डकी माईक्रो इन्स्योरेन्स, स्टार माईक्रो इन्स्योरेन्स रहेका छन् । यस्तै प्रोटेक्टिभ माईक्रो इन्स्योरेन्स, केष्स्ट माईक्रो इनस्योरेन्स, लिवर्टी माईक्रो इन्स्योरेन्स, श्री शक्ति लघु जीवन बीमा, केयर माईक्रो जनरल, अभियान लघुबीमा, हिम शिखर जीवन लघुबीमा, सुरक्षा लघु बीमा र स्वर्गद्वारी लघु जीवन बीमा कम्पनीले आवेदन दिएका छन् । लघुबीमाको लागि चुक्ता पूँजी कम्तीमा ७५ करोड रुपैयाँ तोकिएको छ ।