सकियो मंगलम् पाइप्सको बृहत टेक्निसियन मिट, उत्कृष्ट प्लम्बर टेक्निसियनहरुले पाए उपहार – Nepal Press

सकियो मंगलम् पाइप्सको बृहत टेक्निसियन मिट, उत्कृष्ट प्लम्बर टेक्निसियनहरुले पाए उपहार

काठमाडौं । नेपालकै पहिलो सीपीभीसी पाइप्स र फिटिङ्स् उत्पादक कम्पनी मंगलम् पाइप्सले काठमाडौंमा बृहत टेक्निसियन मिट सम्पन्न गरेको छ ।

४०० भन्दा बढी प्लम्बर टेक्निसियनहरुको उपस्थितिमा शसक्रबार कार्यकम सम्पन्न गरिएको हो । अघिल्लो आर्थिक वर्ष उत्कृष्ट व्यवसाय गर्ने प्लम्बर टेक्निसियनहरुलाई कम्पनीले उपहार प्रदान गरी सम्मान गरेको छ ।

कम्पनीले उत्कृष्ट काम गर्नेमध्ये टार्गेट स्ल्याबअनुसार ३२ इन्चको स्मार्ट टीभी १७ जनालाई, ब्राण्डेड ल्यापटप ११ जनालाई, एक तोला सुन ३६ जनालाई, डिस्कभर १२५ सीसी बाइक ८ जनालाई, पल्सर १५० सीसी बाइक ४ जनालाई, पल्सर २२० सीसी ३ जनालाई र बम्परमा ४ तोला सुन ८ जनालाई प्रदान गरेको थियो ।

कार्यक्रममा मंगलम् पाइपका प्रबन्ध निर्देशक अभिनव चुरिवालले उपहार हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *