हेड गोल गर्न जम्प गर्दा गोलरक्षकसँग ठोक्किएर रोनाल्डोको नाकमा चोट – Nepal Press

हेड गोल गर्न जम्प गर्दा गोलरक्षकसँग ठोक्किएर रोनाल्डोको नाकमा चोट

काठमाडौं । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो हेड गोल गर्न माहिर मानिन्छन् । हेड गर्न उनले उफ्रिँदा रोक्न बसेका विपक्षी उफ्रिए पनि निकै तल देखिन्छन् ।

उनै रोनाल्डो यूईएफए नेसन्स लिग फुटबलअन्तर्गत शनिबार राति चेक गणतन्त्रसँग भएको खेलमा हेडमार्फत गोल गर्न खोज्दा विपक्षी गोलरक्षकसँग नमज्जाले ठोक्किए । चेक गणतन्त्रका थोमस भ्यास्लिकसँग ठोक्किएपछि उनको नाकमा चोट लाग्यो । नाकको माथिल्लो भागबाट रगत बगेको थियो ।

मेडिकल टिमले नाकमा प्लास्टर गरेका थिए । यो खेलमा पोर्चुगल ४-० गोलले विजयी भयो । रोनाल्डो भने गोल गर्न असफल भए । यो सिजन रोनाल्डो लय समाउन संघर्षरत छन् ।

उनले यो सिजन क्लबका लागि ८ खेलमा एक गोल गरेका छन् । राष्ट्रिय टोलीबाट यो वर्ष ६ खेलमा २ गोल गरेका छन् । गत वर्ष रोनाल्डोले १४ खेलमा १३ गोल गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर