स्लोभानियाले नर्वेलाई हरायो – Nepal Press

स्लोभानियाले नर्वेलाई हरायो

काठमाडौं ।  यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत बी समूह ४ को खेलमा एर्लिङ हल्यान्डको गोल बाबजुद नर्वे पराजित भएको छ ।

शनिबार राति नर्वेलाई स्लोभानियाले २-१ गोलले हरायो । खेलको ४७ औं मिनेटमा हल्यान्डले नर्वेलाई अग्रता दिलाएका थिए । तर, जोगाउन नसक्दा पराजित हुन पुग्यो ।

६९ औं मिनेटमा आन्द्रेज स्पोर्रले स्लोभानियालाईखेलमा फर्काए । ८१ औं मिनेटमा बेन्जामिन सेसेकोले गोल गर्दै स्लोभानियालाई २-१ को जित दिलाए ।

तालिकामा नर्वे ५ खेलमा १० अंक जोडेर शीर्ष स्थानमा छ । स्लोभानिया ५ अंक जोडेर तेस्रो स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर