१७ वर्षपछि पाकिस्तान उत्रिएको इङल्यान्डले घरेलु टोलीलाई ६ विकेटले हरायो – Nepal Press

१७ वर्षपछि पाकिस्तान उत्रिएको इङल्यान्डले घरेलु टोलीलाई ६ विकेटले हरायो

काठमाडौं । १७ वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न पाकिस्तान उत्रिएको इङल्यान्डले सात खेलको टी–२० शृंखलामा मंगलबार राति घरेलु टोलीलाई ६ विकेटले हराएको छ।

पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ५८ रन जोडेको थियो। घरेलु टोलीका मोहम्मद रिजवानले ६८, बाबर आजमले ३१ र इफ्तिकर अहमदले २८ रन बनाए।

विकेटकिपर रिजवान र कप्तान आजमले पहिलो विकेटका लागि ९.३ ओभरमा ८७ रनको साझेदारी गरेका थिए। इङल्यान्डका लुक उडले चार ओभरमा २४ रन खर्चिएर तीन विकेट लिए।। इङल्यान्डले चार बल बाँकी रहँदा चार विकेट गुमाएर लक्ष्य भेट्टायो।

भ्रमणकारी टोलीका एलेक्स हेल्सले ५३ र ह्यारि बुकले अविजित ४२ रन बनाए। इङल्यान्ड सन् २००५ पछि पहिलोपटक पाकिस्तानमा खेलिरहेको छ। सन् २००९ को आतङ्कवादी आक्रमणपछि पाकिस्तानमा ६ वर्षपछि अन्तर्राष्ट्रिय क्रिेकट हुन सकेको थिएन। त्यसपछि पनि सुरक्षा चुनौतीको कारण देखाउँदै विभिन्न टोलीहरुले पटकपटक भ्रमण रद्ध गर्दै आएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर