हुबहु छैनन् ‘प्रेमगीत ३’ का नेपाली र हिन्दी भर्सन, नेपाली १० मिनेट लामो – Nepal Press

हुबहु छैनन् ‘प्रेमगीत ३’ का नेपाली र हिन्दी भर्सन, नेपाली १० मिनेट लामो

काठमाडौं । इन्डो नेपाली चलचित्रका रुपमा प्रचारित प्रेमगीत ३ आउँदो शुक्रबार विश्वव्यापी रिलिज हुँदैछ । यो चलचित्र नेपाली र हिन्दी भाषामा निर्माण गरिएको हो । नेपाली भाषामा नेपाली गरिएको चलचित्रलाई हिन्दीमा डव गरिएको भए पनि दुई भर्सन हुबहु नरहेको निर्माता सन्तोष सेन बताउँछन् । उनका अनुसार नेपाली भर्सन हिन्दीभन्दा लामो छ ।

नेपालमा प्रेमगीत ३ को हिन्दी भर्सन किन रिलिज गर्नुपरेको हो भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘हिन्दी हेरेका दर्शकले नेपाली र नेपाली हेरेका दर्शकले हिन्दी पनि हेर्नुपर्छ । किनकी दुई भर्सनको कथामा अलिकति फरक छ ।’

नेपालमा र भारतमा दुवै भाषाको चलचित्र रिलिज हुने छ । अन्य देशहरुमा चाहिँ हिन्दीमा रिलज हुन लागेको हो । अंग्रेजीमा डविङ नगरेर हिन्दी भर्सनलाई नै विश्वव्यापी रिलिज गरेकोमा भने कतिपयले निर्माण पक्षको आलोचना पनि गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *