करिश्मा भन्छिन्: ‘प्रेमगीत ३’ ले सबैको साथ र सहयोग पाउनुपर्थ्यो – Nepal Press

करिश्मा भन्छिन्: ‘प्रेमगीत ३’ ले सबैको साथ र सहयोग पाउनुपर्थ्यो

काठमाडौं । रिलिजको संघारमा रहेको चलचित्र ‘प्रेमगीत ३’ लाई लिएर कलाकारहरु वादविवादमा उत्रिरहेका छन् । अभिनेत्री करिश्मा मानन्धर पछि पर्ने कुरै आएन ।

करिश्माले सामाजिक सञ्जालमा स्टाटस लेख्दै ‘प्रेमगीत ३’ को हिन्दी भर्सनलाई लिएर उत्पन्न विवादप्रति निराशा व्यक्त गरेकी छन् ।

‘मेरो विचारमा यो चलचित्र कुनै भाषा त के ‘मुक’ चलचित्र भए पनि विवादरहित भएर सबैको साथ र सहयोग पाउनुपर्थ्यो’, उनी लेख्छिन्, ‘यो चलचित्रलाई विदेशी भूमिमा चलाउनकै लागि त्यो मुलुकको भाषामा स्वराङ्कित डब्ड गर्‍यो त के नराम्रो भयो ?’

नियमानुसार लगाउन सकिने तर तोकेकै समयमा चलचित्र हलमा लगाउनका लागि सघाउनुपर्ने करिश्माको भनाइ छ । ‘अलिकति समय यताउता भयो भने विदेशी सिनेमासँग प्रतिस्पर्धा गरिरहेको नेपाली चलचित्रको के हाल हुन्छ, यो उहाँ विज्ञहरुलाई जति अरु कसलाई थाहा होला ?’, उनले प्रश्न गरेकी छन् ।

उनले ‘प्रेमगीत ३’ लाई अंग्रेजी, चाइनिज, इटालियन, कोरियनलगायत विभिन्न भाषामा डब गर्नुपर्ने र त्यसका लागि विकास बोर्डले सहुलियत दिनुपर्ने माग पनि गरेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *