सरकार र डा. केसीका प्रतिनिधिबीच प्रधानमन्त्री कार्यालयमा वार्ता – Nepal Press

सरकार र डा. केसीका प्रतिनिधिबीच प्रधानमन्त्री कार्यालयमा वार्ता

काठमाडौं । अनसनरत डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी प्रतिनिधिबीच वार्ता शुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिहंदरबारमा वार्ता शुरु भएको हो ।

वार्तामा सरकारकातर्फ बाट प्रधानमन्त्री कार्यालयका सचिव डा. राम प्रसाद घिमिरे, स्वास्थ्य सचिव डा. रोशन पोखरेल, शिक्षा सचिव राम कृष्ण सुवेदी र एनएमबीएबाट डा. अनिल बिक्रम कार्की रहेका छन् ।

डा. केसीको तर्फबाट भने डा. जीवन क्षेत्री, डा. लिजन महर्जन, प्रितम सुवेदी, ओम प्रकाश अर्याल र डा. विष्णु पोखरेल रहेका छन् । स्वास्थ्य क्षेत्र सुधारको माग राख्दै धनगढीमा अनसन बसिरहेका छन् । डा.गोविन्द केसीको अवस्था जटिल बन्दै गइरहेको छ । हाल अनसन बसेको ९ औ दिन भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *