मध्यान्तरअघि बंगलादेशको दुई गोल, नेपालले गुमायो उत्कृष्ट मौका – Nepal Press
महिला साफ च्याम्पियनसीप फाइनल

मध्यान्तरअघि बंगलादेशको दुई गोल, नेपालले गुमायो उत्कृष्ट मौका

काठमाडौं । महिला साफ च्याम्पियनसीपको फाइनलमा नेपाल मध्यान्तरअघि नै दुई गोलले पछि परेको छ । अत्यन्त प्रतिस्पर्धात्मक खेलमा बंगलादेशले १३ औं मिनेटमा पहिलो गोल गरेको थियो भने ४२ औं मिनेटमा दोस्रो गोल थप्यो ।

बंगलादेशका लागि पहिलो गोल सामसुननहरले गरेकी थिइन् । दायाँ साइडबाट प्राप्त भएको सुन्दर क्रसलाई उनले आकर्षक फिनिसिङ गर्दै गोलमा परिणत गरिन् । नेपालकी गोलकिपरले बचाउको कुनै मौका पाइनन् । यसैगरि, बंगलादेशकी श्रीमोती के सरकारले अर्को सुन्दर गोल गर्दै अग्रता दोब्बर बनाउन सफल भइन् ।

नेपालले ४५ मिनेटको अवधिमा केही सुन्दर अवसरहरु सिर्जना गरेको थियो । तर, गोलमा परिणत गर्न सकेन । अनिता बस्नेतले प्रहार गरेको सटिक फ्रिककलाई बंगलादेशी गोलरक्षकले सुन्दर बचाउ गरिन् । त्यसलगत्तै सिर्जना भएको अवसर पनि नेपालले गुमायो । गोललाइनबाट बंगलादेशले बल बचाएको थियो ।

अब दोस्रो हाफमा नेपालले खेलमा फर्किनका लागि निकै चुनौतिपूर्ण देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर