बार्सिलोनाको लगातार पाचौँ जित, लेवान्डोस्कीको दुई गोल – Nepal Press

बार्सिलोनाको लगातार पाचौँ जित, लेवान्डोस्कीको दुई गोल

म्याड्रिड । स्पेनिस ला लिगा फुटबलअन्तर्गत शनिबार राती भएको खेलमा बार्सिलोनाले एल्चेलाई ३–० गोलले हराएको छ । बार्सिलोनाको मैदानमा भएको खेलमा घरेलु टोलीका रोबर्ट लेवान्डोस्कीले दुई र मेम्फिस डिपेले एक गोल गरे। लेवान्डोस्कीले ३४ र्औं मिनेटमा अग्रता दिलाएका थिए।

डिपेले ४१ औं मिनेटमा गोल गरेपछि पहिलो हाफमा बार्सिलोना २–० गोलले अगाडि बढेको थियो।एल्चे ४५ औं मिनेटमा १० खेलाडीमा सिमित भएको थियो। ४८ औं मिनेटमा लेवान्डोस्कीले गोल थपेका थिए।

गत साता युरोपियन च्याम्पियनस लिगको समूहगत चरणको खेलमा बुन्डेस लिगा क्लब बायर्न म्युनिखसँग २–० गोलले पराजित भएको बार्सा फेरी जित यात्रामा र्फिर्कएको हो। ला लिगामा बार्साले लगातार पाचौँ जित हात पारेको हो।

६ खेलबाट १६ अंक भएको बार्सिलोना तालिकाको शीर्ष स्थानमा छ। दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको ५ खेलबाट १५ अंक छ। ८ गोलसहित लेवान्डोस्की यो सिजन ला लिगाका सर्वाधिक गोलकर्ता रहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर