साफ च्याम्पियनसीप : भारतमाथि नेपालको अग्रता, रश्मी गरिन् गोल – Nepal Press

साफ च्याम्पियनसीप : भारतमाथि नेपालको अग्रता, रश्मी गरिन् गोल

काठमाडौं । साफ महिला च्याम्पियनसिपअन्तर्गत अहिले भइरहेको भारतविरुद्ध सेमिफाइनलको पहिलो हाफ सकिँदासम्म नेपाल १-० गोलले अगाडि रहेको छ।

दशरथ रंगशालामा भइरहेको खेलमा नेपालले पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा गोल गरेको हो । प्रिती राईको पासमा रश्मीकुमारी घिसिङले गोल गरेकी हुन् ।

सुरुवातमा भारतले दबाब बनाए पनि त्यसपछि नेपाल आक्रामक देखिएको थियो । यसअघि शुक्रबार नै भएको पहिलो सेमिफाइनलमा भुटानलाई ८-० गोलले हराउँदै बंगलादेश फाइनल पुगिसकेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर