भोलि बिहान ‘यमबुद्ध शान्ति दौड’, मेयर बालेन आउने – Nepal Press

भोलि बिहान ‘यमबुद्ध शान्ति दौड’, मेयर बालेन आउने

काठमाडौं । र्‍यापर यमबुद्ध (अनिल अधिकारी) को सम्झनामा भोलि शनिबार बिहान ‘यमबुद्ध शान्ति दौड’ आयोजना गरिने भएको छ ।

यमबुद्ध फाउन्डेसनको आयोजनामा सञ्चालन हुने उक्त शान्तिदौडमा बिहान ६ बजे नयाँ बानेश्वरमा युवा, खेलकुद तथा कलाकारिता क्षेत्रका चर्चित व्यक्तिलगायतको जमघट हुनेछ । शान्ति दौडका लागि बानेश्वरस्थित एभरेष्ट होटललाई मिटप्वाइन्ट बनाइएको फाउण्डेशन अध्यक्ष अम्बिकाप्रसाद अधिकारीले जानकारी दिए ।

शान्ति दौडमा काठमाडौं महानगरका मेयर बालेन्द्र साह ‘बालेन’ प्रमुख अतिथिको रूपमा सहभागी हुनेछन् । र्‍यापर आशिष राना (लाउरे), मानस घलेलगायत पनि सहभागी हुने आयोजकले जनाएको छ ।

यमबुद्ध फाउन्डेशन २०७४ मा यमबुद्धको स्मृतिमा खोलिएको सामाजिक संस्था हो । यो संस्थाले विभिन्न कला संस्कृति र सांस्कृतिक प्रतिभालाई प्रोत्साहित गर्दै संगीतको माध्यमले समाजमा सकारात्मक संदेश दिनुपर्दछ भन्ने मान्यता अनुरुपको कार्य गर्दै आएको यमबुद्धका बुबा बताउँछन् । यसका साथै शिक्षाको पहुँचबाट बाहिर रहेका बालबालिकालाई यसले सहयोग गर्दै आएको छ ।

कोरोना महामारी र विभिन्न विपतका पीडितलाई पनि फाउण्डेसनले राहत सहयोग गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *