भारतविरुद्ध खेल्ने नेपालको सुरुवाती ११ सार्वजनिक, सावित्रा बेन्चमा – Nepal Press

भारतविरुद्ध खेल्ने नेपालको सुरुवाती ११ सार्वजनिक, सावित्रा बेन्चमा

काठमाडौं । साफ महिला च्याम्पियनसिपअन्तर्गत दोस्रो सेमिफाइनल खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ । दशरथ रंगशालामा ५ः३० बजे सुरु हुने खेलका लागि नेपालले सुरुवाती ११ सार्वजनिक गरेको छ ।

आजको खेलमा नेपालकी मुख्य स्ट्राइकर सावित्रा भण्डारी बेन्चमा रहनेछिन् । डेङ्गु पुष्टि भएकाले पूर्ण स्वस्थ नभएका कारण उनलाई बेन्चमा राखिएको हो । मिडफिल्डर मञ्जली पनि बेन्चमै रहनेछिन् ।

सावित्राको अनुपस्थितिमा प्रीति राई र रश्मिकुमारी घिसिङले नेपालको अग्रपंक्ति सम्हाल्नेछन् । गोलपोष्टको जिम्मा कप्तान एन्जिला तुम्बाआपो सुब्बाले पाएकी छन् ।

डिफेन्स लाइनमा पुनम जर्घा मगर, अमृता जैसी, हीराकुमारी भुजेल र गीता राना छन् । मिडफिल्डमा दीपा शाही, सरु लिम्बू, अनिता बस्नेत र अनिता केसी रहेका छन् ।

आजको खेलमा भारतलाई जिते इतिहास रच्दै नेपाल फाइनल पुग्नेछ ।

पहिलो सेमिफाइनलमा भूटानलाई ८-० गोलले पराजित गर्दै बंगलादेश फाइनल प्रवेश गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर