महिला साफः भूटानमाथि गोल वर्षा गर्दै बंगलादेश फाइनलमा – Nepal Press

महिला साफः भूटानमाथि गोल वर्षा गर्दै बंगलादेश फाइनलमा

काठमाडौं । कप्तान सविना खातुनको ह्याट्रिक प्रेरित भूटानलाई ८-० गोलले हराउँदै बंगलादेश साफ महिला च्याम्पियनसिप २०२२ को फाइनल प्रवेश गरेको छ ।

बंगलादेशले नेपाल र भारतबीच हुने सेमिफाइनलका विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । शुक्रबार नै हुने अर्को सेमिफाइनलमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ। यो खेल साढे ५ बजे सुरु हुनेछ।

बंगलादेश यसअघि एकपटकमात्र फाइनल पुगेको थियो । सन् २०१६ मा आयोजित संस्करणमा बंगलादेशले उपाधि भिडन्तमा भारतसँग ३-१ गोलको हार व्यहोरेको थियो ।

हालसम्मका पाँचै संस्करण जितेको भारतलाई यसपटक समूहगत चरणमा ३–० गोलले हराउँदै बंगलादेशले समूह विजेताका रुपमा सेमिफाइनलमा स्थान बनाएको हो ।

बंगलादेशको जितमा सविना खातुनले ह्याट्रिक गरिन् ।

यस्तै ,मोसाम्मत सिरात जाहन सोप्ना, श्रीमोती सरकार, रितु पोर्ना चक्मा, मसुरा प्रभिन र तोहुरा खातुनले एक-एक गोल गरे । खेलको तेस्रो मिनेटमा छोटोन जहान सोप्नाले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाइन् । १८औं मिनेटमा कप्तान सविना खातुनले बंगलादेशको अग्रतालाई दोब्बर पारिन् ।

श्रीमोती कृष्णरानी सरकारको ३०औं मिनेटमा बंगलादेशका लागि तेस्रो गोल गरिन् । यस्तै, ३५औं मिनेटमा रितु पोर्ना चक्माले बंगलादेशको अग्रतालाई ४-० मा पुर्‍याइन् ।

सविनाले ५४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन् ।

८६ औं मिनेटमा तोहुरा खातुनले बंगलादेशलाई ७-० ले अघि बढाइन् । इन्जुरी समयमा सविनाले ह्याट्रिक पूरा गर्दै ८-० को जित पक्का गरिन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर