प्रोटोन नेपालले ल्यायो दशैंतिहार अफर, गाडी किन्दा स्कुटर पाइने – Nepal Press

प्रोटोन नेपालले ल्यायो दशैंतिहार अफर, गाडी किन्दा स्कुटर पाइने

काठमाडौं । प्रोटोन ब्राण्ड गाडिको आधिकारिक विक्रेता शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले ‘गन्तव्य खुशीयालीको- हर्ष दशैं र तिहारको’ भन्ने नाराका साथ दशैं-तिहार पर्व विशेष योजना ल्याएको छ । ‘अभिभावकको कार- सन्तानको स्कूटर साकार’ भन्ने अभियानका साथ ल्याइएको यो योजना अन्तर्गत ग्राहकले हरेक सागा सेडान कारको खरिदमा टीभीएसको स्कुटर जित्ने सकिने छ ।

यसका साथै यस योजनामा एक्स ५० र एक्स ७० को एसयुभी र सागा सेडान कारअन्तर्गत ग्राहकहरुले आकर्षण नगर पुरस्कार, एक वर्षका लागि निशुल्क इन्स्योरेन्स सेवा तथा सडक दस्तुर, एक्स्चेञ्ज सुविधाका पाउने छन् । सहज फाइनान्स सुविधा एवं आकर्षण गिफ्ट ह्याम्परसमेत दिने गाडी बिक्रेताले बताएको छ । स्टक सिमित रहेकोले स्टक रहेसम्म मात्र यो सुविधा उपपलब्ध हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *