न्यूड फोटोसुटबारे रणवीरको स्पष्टीकरण- मेरो तस्वीरमा छेडछाड भयो – Nepal Press

न्यूड फोटोसुटबारे रणवीरको स्पष्टीकरण- मेरो तस्वीरमा छेडछाड भयो

काठमाडौं । आफूले गरेको नग्न फोटोसुटबारे उजुरी परेपछि अभिनेता रणवीर सिंहले प्रहरीसमक्ष आफ्नो बयान दिएका छन् । बयानमा सिंहले आफ्नो तस्वीरको गलत प्रयोग भएको र छेडछाड भएको बताएका छन् । करिब दुई घण्टा लामो चलेको बयानमा सिंहले आफूले सुट गर्दा अण्डरवेयर लगाएको दाबी गरेका छन् ।

रणवीरले सामाजिक सञ्जालमा आफूले पोष्ट गरेका तस्वीरहरुमा पनि अन्डरवेयर लगाएको तर कसैले त्यसलाई गलत तरिकाले फोटोसप गरेर आफूलाई नराम्रो बनाएको बताएका छन् । सिंहका अनुसार सार्वजनिक एक फोटोमा उनको गोप्य अंगसमेत देखाइएको छ ।

सिंहले बयानमा पोष्ट भएका आफ्ना नग्न तस्वीरहरु फोटोसप गरेको दाबी गरेपछि प्रहरीले फोटोको वास्तविकता चेक गर्न फरेन्सिकमा पठाएको छ । जाँचपछि मात्र फोटोमाथि गलत काम गरिएको थियो या वास्तवमै फोटो न्यूड थियो भन्ने थाहा हुनेछ ।

जुलाई २२ मा रणवीरले एक पेपर म्यागाजिनका लागि फोटोसुट गराएका थिए । उक्त सुटमा उनले सात तस्वीरहरु खिचाएका थिए । ती तस्वीरहरु सार्वजनिक पनि भए । तर, सार्वजनिक तस्वीरहरु विनाकपडाका भएपछि उनको खुबै चर्चा भयो । चर्चा सँगसँगै उनको तस्वीरको विरोध पनि भएको थियो ।

कसैले उनको फोटोलाई कलाको एउटा प्रतीक मान्दै श्लीलको पँगरी पहिराइदिए त कसैले भद्दा र अश्लीलको संज्ञा दिँदै उनलाई ट्रोल तथा गालीसमेत गरे । महिला संवेदनाको अपमान गरेको भन्दै एक गैरसरकारी संस्थाले रणवीरविरुद्ध मुम्बईको चेम्बुर पुलिस स्टेसनमा उजुरीसमेत दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *