नेपाल-बंगलादेश मैत्रीपूर्ण फुटबलको टिकटदर एक हजार र पाँच सय – Nepal Press

नेपाल-बंगलादेश मैत्रीपूर्ण फुटबलको टिकटदर एक हजार र पाँच सय

काठमाडौं । अखिल नेपाल फुटबल संघले नेपाल र बंगलादेशबीच हुने मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेलको टिकटदर एक हजार र पाँच सय रुपैयाँ तोकेको छ ।

एन्फाले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै भीआईपीतर्फ एक हजार र साधारण प्याराफिटतर्फ पाँच सय रुपैयाँ टिकटदर तोकिएको जानकारी दिएको छ ।

यस्तै, उक्त खेल आयोजना गर्न ४८ लाख ६५ हजार रुपैयाँ खर्च हुने जनाएको छ । नेपाल र बंगलादेशबीच आगामी असोज ११ गते दशरथ रंगशालामा मैत्रीपूर्ण खेल हुँदैछ । विश्व फुटबल महासंघ-फिफाले समेत यो खेललाई मान्यता दिएको छ ।

गत जुनमा कुवेतमा एसिया कप छनोट खेलेपछि नेपालले पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । मैत्रीपूर्ण खेलका लागि असोज ७ गते बंगलादेशको टोली नेपाल आइपुग्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *