निर्देशक सुदर्शन थापाले धम्क्याएको भन्दै सञ्चारकर्मीले प्रहरी गुहारे – Nepal Press

निर्देशक सुदर्शन थापाले धम्क्याएको भन्दै सञ्चारकर्मीले प्रहरी गुहारे

काठमाडौं । निर्देशक सुदर्शन थापाविरुद्ध पत्रकार सुजन श्रेष्ठले प्रहरीमा उजुरी दिएका छन् । श्रेष्ठले आज थापाले आफूमाथि कानको जाली फुटाउने धम्की दिँदै गालीगलौज गरेको उल्लेख गर्दै काठमाडौं महानगरिय प्रहरी परिसर टेकुमा उजुरी दिएका हुन् ।

नेपाल प्रेसलाई जानकारी गराएअनुसार टेकु प्रहरीले उक्त उजुरी गौशला प्रहरी वृत्तमा दर्ता गर्न सुझाव दिएपछि श्रेष्ठले पुनः गौशाला पुगेर उजुरी दर्ता गराएका हुन् ।

केही समय अगाडि पत्रकार श्रेष्ठले चलचित्र ‘सम्हालिन्छ कहिले मन’ हेर्न दर्शक नआएको भन्दै एक तस्बिरसहित नौलोन्यूज डटकम नामक अनलाइनमा समाचार प्रकाशित गरेका थिए । आफू निर्देशित चलचित्रको नकारात्मक समाचार आएपछि आपत्ति जनाउँदै थापाले आफ्नी श्रीमतीको मोबाइलबाट फोन गरेर श्रेष्ठलाई गालीगलौज गरेका थिए ।

आफ्नो चलचित्रको व्यापारका विषयमा भ्रामक समाचार सम्प्रेषण गरेको आरोप लगाउँदै थापाले श्रेष्ठलाई ‘कानको जाली फुटाइदिने’ धम्की दिएका थिए । सो धम्की दिएको एक मिनेटको अडियो श्रेष्ठले आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिकसमेत गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *