साफ यू-१७ च्याम्पियनसिप उपविजेता नेपाली टोली काठमाडौं उत्रियो (भिडिओ) – Nepal Press

साफ यू-१७ च्याम्पियनसिप उपविजेता नेपाली टोली काठमाडौं उत्रियो (भिडिओ)

काठमाडौं । श्रीलंकामा आयोजना भएको साफ यू-१७ च्याम्पियनसिप फुटबलमा सहभागिता जनाएर नेपाली टोली स्वदेश फर्किएका छन् ।

नेपाली टोली बिहीबार दिउँसो स्वदेश फर्किएका हुन् । उनीहरूलाई एन्फाका पदाधिकारीहरूले विमानस्थलमा स्वागत गरेका थिए । कोलम्बोमा आयोजना भएको प्रतियोगितामा नेपाल उपविजेता बनेको थियो । बुधबार भएको फाइनलमा १० खेलाडीमा समेटिएको नेपाललाई भारतले ४-० गोल अन्तरले हराउँदै उपाधि जितेको थियो ।

स्वदेश फर्किएपछि यू-१७ नेपाली टिमका कप्तान प्रशान्त लक्समले छोटो समयमा नै राम्रो नजिता आएको भन्दै सन्तुष्ट रहेको बताए । यू-१७ फुटबलको यो सफलता सुरूवात भएको भन्दै आगामी दिनमा उत्कृष्ट नतिजा ल्याउने विश्वाससहित प्रतियोगिताबाट धेरै कुरा सिक्ने मौका पाएको बताए ।

भारतले लगातार दोस्रो पटक उपाधि जितेको छ । यस्तै भारतले नेपालविरुद्ध समूह चरणमा व्यहोरेको हारको बदला लिएको थियो । नेपालले समूह चरणमा भारतलाई ३-१ गोल अन्तरले हराएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर