सन्दीपबारे प्रमोद खरेलको टिप्पणी- केही तत्व हात धोएर लाग्या छन्, मानौं अन्तर्राष्ट्रिय आतंकवादी हो – Nepal Press

सन्दीपबारे प्रमोद खरेलको टिप्पणी- केही तत्व हात धोएर लाग्या छन्, मानौं अन्तर्राष्ट्रिय आतंकवादी हो

काठमाडौं । चर्चित गायक प्रमोद खरेलले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेमाथि केही तत्वहरू हात धोएर लागेको टिप्पणी गरेका छन् । यौनजन्य कसुरको आरोप खेपिरहेका सन्दीपलाई प्रहरीले पक्राउ गर्ने तयारी गरिरहँदा खरेलले सो टिप्पणी गरेका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत सन्दीपमाथि अन्तर्राष्ट्रिय आतंकवादीको जस्तो व्यवहार भइरहेको गुनासो समेत गरेका छन् ।

प्रमोद लेख्छन्, ‘मानौं ऊ अन्तर्राष्ट्रिय आतंकवादी हो, केही तत्व (सबै होइन) हात धोएर लाग्या छन् । कानूनी प्रक्रिया पुर्‍याएर काम गरे त हुन्छ होला, जे सजाय पाउने हो पाउँछ नै यदि दोषी भए ।’
देशको झण्डा छातीमा बोकेको मान्छेलाई होहल्ला नगरी आवश्यक कानूनी प्रक्रियामा जानुपर्ने उनको सुझाव छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *