‘पुष्पा’ नायिका रश्मिकाको हेटौँडाकी बालिका भेट्ने इच्छा – Nepal Press

‘पुष्पा’ नायिका रश्मिकाको हेटौँडाकी बालिका भेट्ने इच्छा

हेटौँडा । पछिल्लो केहि दिनदेखि सामाजिक सञ्जाल टिकटकमा भाइरल भइरहेको हिन्दी सुपर हिट चलचित्र पुष्पाको गीत ‘सामी सामी’ मा नाचेको बालिकाको भिडियो हेरेपछि उक्त चलचित्रकी नायिका रश्मिका मन्दानाले ती बालिकालाई भेट्ने इच्छा व्यक्त गरेकी छिन् ।

बालिकाले नाचेको भिडियोलाई आफ्नो ट्विटर अकाउन्टमा सेयर गर्दै रश्मिकाले लेखेकी छिन, ‘म यी प्यारीलाई भेट्न चाहन्छु, यो कसरी गर्न सक्छु ?’

हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ को रसल एकेडेमीमा युकेजीमा अध्ययनरत बालिका बारिसा क्षेत्रीले विद्यालयको अतिरिक्त क्रियाकलापमा नाचेको उक्त भिडियो सोही विद्यालयकी शिक्षिकाले टिकटकमा अपलोड गरेकी थिइन् ।

त्यसपछि भिडिओको एकाएक चर्चा आएको थियो । हालसम्म उक्त भिडिओलाई १८ लाख पटक हेरिएको छ । टिकटकमा अपलोड भएको उक्त भिडियोलाई अधिकांशले प्रशंसा गरेका छन् भने उक्त भिडियोको क्लिप डाउनलोड गरेर अहिले फेसबुक, इनस्ट्राग्राम लगायतको सामाजिक सञ्जालमा पनि हालिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *