काठमाडौंका यी ४ ठाउँबाट सरकारले सस्तोमा खाद्यान्न बेच्ने, कुन सामान कति सस्ताे ? – Nepal Press

काठमाडौंका यी ४ ठाउँबाट सरकारले सस्तोमा खाद्यान्न बेच्ने, कुन सामान कति सस्ताे ?

काठमाडौं । सरकारले असोज १ गतेदेखि काठमाडौं उपत्यकाका ४ वटा ठाउँसहित ४१ जिल्लाका ४४ स्थानमा सस्तोमा खाद्यान्न बेच्ने भएको छ । चाडबाड लक्षित (विशेषगरी दशैंतिहार) सुपथ मूल्य पसल सञ्चालन कात्तिक १५ गतेसम्म हुनेछ । यस्तो खालको पसल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सञ्चालन गर्ने जनाएको छ ।

कम्पनीले विगतका वर्षहरुमा पनि सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । यस पटक सरकारले सुपथ मुल्य पसल सञ्चालन गर्न खाद्य तथा व्यापार कम्पनीलाई २ करोड ३२ लाख रुपैयाँ रकम विनियोजन गरेको छ । यो गत वर्षको भन्दा बढी रकम हो । गत वर्ष १ करोड ५७ लाख रुपैयाँ विनियोजन गरेको थियो । काठमाडौं उपत्यकामा मात्र ४ ठाउँबाट (थापाथली, रामशाहपथ, भक्तपुर र नख्खु) खाद्यान्न बिक्री वितरण हुनेछ । यो पसल बिहान १० देखि ५ बजेसम्म सञ्चालन हुनेछ ।

तर उपभोक्ताको भिड अत्याधिक भयो भने समय लम्ब्याइने खाद्य व्यवस्थाकी सूचना अधिकारी शर्मिला न्यौपाले सुवेदीले नेपाल प्रेसलाई जानकारी दिइन् । यसपटक ३ हजार खसीबोका ता च्याङ्ग्रा ल्याउने कम्पनीको योजना छ । त्यसमा १ हजार च्याङ्ग्रा हुनेछ भने २ हजार खसीबोका हुनेछ । सरकारले ल्याउने खसीबोकाले काठमाडौं उपत्यकाको माग भने धान्दैन ।

निजी क्षेत्रले ठूलो संख्यामा काठमाडौंमा खसीबोका भित्र्याउँदै आएका छन् । तर सरकारले बजारमा आफ्नो उपस्थिति देखाउन र अन्तभन्दा सस्तोमा दिएर मूल्य नियन्त्रणको लागि मात्र गरेको प्रयासको रुपमा यस पसल रहेको खाद्य व्यवस्थाले जनाएको छ । अघिल्ला वर्षहरुमा खाद्य व्यवस्थाले प्रत्यक्ष किसानसँग खसी बोका लिने गरेको तर यसपटक किसान सहकारी तथा कृषक समुह मार्फत खसीबोका मगाउने योजना लिएको छ ।

यता साल्ट ट्रेडिङ कर्पोरेसनले पनि मुलुकभर रहेका २४ बिक्री केन्द्र र उपत्यकामा सात स्थानबाट सामान वितरण गर्नेछ । साल्ट ट्रेडिङलाई पनि सरकारले सुपथ मूल्य पसल सञ्चालनका लागि १ करोड रुपैयाँ भन्दा बढी रकम छुट्याएको छ ।

कुन सामानको मूल्य कति ?

विभिन्न प्रकारको चामल, दाल, तेललगायतका खाद्यान्नमा प्रतिकेजी अर्थात प्रतिलिटर ७ रुपैयाँको दरले छुट दिइने जनाइएको छ । यस्तै, कर्णालीको सिमिमा प्रतिकेजी १० रुपैयाँ छुट पाइनेछ । ज्यूँदो खसी, बोका तथा च्याङ्ग्राको मासुमा प्रतिकेजी १० रुपैयाँ छुट हुनेछ । एक व्यक्तिले एक ज्यूँदो खसी बोका तथा च्याङ्ग्रा पाउनेछन् । यिनीहरुको बिक्री वित्तरण भने घटस्थापना देखि हुनेछ ।

यस्तै, चिनी प्रतिकेजीमा पाँच रुपैयाँ र नुन प्रतिकेजीमा दुई रुपैयाँ छुट दिएको छ । डीडीसीबाट वितरण हुने घिउ प्रतिकेजीमा ५० रुपैयाँ, पनिर र चिज प्रतिकेजीमा २० रुपियाँ र दही प्रतिकेजीमा १० रुपैयाँ छुट दिइएको छ ।

यस्तै, चिनी प्रतिकेजीमा पाँच रुपैयाँ र नुन प्रतिकेजीमा दुई रुपैयाँ छुट दिएको छ । डीडीसीबाट वितरण हुने घिउ प्रतिकेजीमा ५० रुपैयाँ, पनिर र चिज प्रतिकेजीमा २० रुपैयाँ र दही प्रतिकेजीमा १० रुपैयाँ छुट दिइएको छ ।

कसले कति खाद्यान्न लैजान पाउँछ भन्ने विषयको सीमा भने तोकिएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *