समीक्षा अधिकारीले भनिन् : मैले कुनै क्षतिपूर्ति मागेकी छैन र लिने छैन – Nepal Press

समीक्षा अधिकारीले भनिन् : मैले कुनै क्षतिपूर्ति मागेकी छैन र लिने छैन

काठमाडौं । गायिका समीक्षा अधिकारीले आफू जाेडिएकाे घटनामा कुनै पनि क्षतिपूर्तिको रकम माग नगरेको बताएकी छन् । उनले सामाजिक सञ्जालमा आफूविरुद्ध नकारात्मक कमेन्ट आएकोमा दुःखसमेत पाेखेकी छन् ।

समिक्षाले आज फेसबुकमा स्टाटस लेख्दै लामाे समयकाे माैनता ताेडेकी हुन् । सामाजिक सञ्जालमा लज्जास्पद तस्विर र गालीगलाैजले आफ्नाे मानसपटलमा नकारात्मक प्रभाव परेकाे उनकाे गुनासाे छ ।

‘कृपया आफ्नै घरको घटना जस्तो सम्झेर मेरो समस्यालाई नियालिदिनुहोला’, उनले लेखेकी छन्, ‘मैले क्षतिपूर्तिबापत वा अन्य कुनै पनि रकम माग गरेकी र लिएकी छैन। क्षतिपूर्ति बापतको उक्त रकम लिने मेरो मनशाय पनि छैन ।’

त्यस्तै, उनले आफू आफ्नो अस्मिता रक्षाका लागि आफ्नो ठाँउमा अडिग रहेको र लडेको आशय व्यक्त गरेकी छन् । उनले सबैको साथ, सहयोग र सकारात्मक विचारको आशा पनि लिएको बताएकी छन् ।

प्रतिक्रिया

One thought on “समीक्षा अधिकारीले भनिन् : मैले कुनै क्षतिपूर्ति मागेकी छैन र लिने छैन

  1. कैले बलात्कृत भएँ भन्ने कहिले होईन भनी बयान दिने नखरमाउलीले पैसाको लागी पल लाई जेलमा सढाएको घाम जस्तै छर्लङ्ग छ । फेरी अदालतको फैसलालाई अबहेलना गर्नेगरी अभिब्यक्ति दिन पनि थाली हैन …… !

Leave a Reply

Your email address will not be published. Required fields are marked *