महिला साफको इतिहासमा भारतको पहिलो हार, सेमिफाइनलमा नेपालसँग भेट निश्चित – Nepal Press

महिला साफको इतिहासमा भारतको पहिलो हार, सेमिफाइनलमा नेपालसँग भेट निश्चित

काठमाडौं । साफ महिला च्याम्पियनसिपको इतिहासमा भारत पहिलो पटक पराजित भएको छ ।

दशरथ रंगशालामा सम्पन्न छैठौं संस्करणको साफ च्याम्पियनसिपमा समूह चरणको अन्तिम खेलमा भारतलाई ३-० को नतिजामा पराजित गर्दै बंगलादेश समूह ए को विजेता बनेको छ ।

समूह ए को विजेता बनेसँगै बंगलादेशले सेमिफाइनलमा भुटानको सामना गर्नेछ । यस्तै, भारतले नेपालसँगको भेट पक्का गरेको छ । सेमिफाइनलका दुवै खेल शुक्रबार हुनेछ ।

भारतविरूद्ध खेलको १२औं मिनेटमा जाहान सोप्नाको गोलमा बंगलादेशले सुरूआति अग्रता बनाएको थियो । १८ यार्ड बक्सबाहिरबाट सविना खातुनले निकालेको थ्रू बलमा सोप्नाले फर्स्ट टचमै गोल गरेकी थिइन् ।

सिरिमोती कृष्णरानी सरकारले २२ औं मिनेटमा बंगलादेशको अग्रतालाई दोब्बर पारिन् । १८ यार्ड बक्सभित्र पाएको बलमा सोप्नाले आकर्षक ‘टर्न’ गर्दै बक्सभित्रै कृष्नारानी सरकारलाई बल दिइन् । उक्त बललाई कुनै गल्ती नगरि कृष्नरानिले पोष्टको दिशा दिएकि थिइन् ।

खेलको अधिकांश समय भारतमाथि दवाव बनाएको बंगलादेशका लागि जाहान स्वप्नाले ५३औं मिनेटमा व्यक्तिगत दोस्रो र टिमका लागि तेस्रो गोल गरिन् ।

यसपछि थप गोल नहुँदा बंगलादेशले भारतमाथि ३-० को ऐतिहासिक जित निश्चित गर्‍याे  ।

समूह चरणकाे पहिलाे खेलमा बंगलादेशले माल्दिभ्सलाई ३-० गाेलकाे नतिजामा पराजित गरेकाे थियाे । भने दाेस्राे खेलमा पाकिस्तानविरूद्ध ६-० काे जित निकाेलेकाे थियाे । भारतले पहिलाे खेलमा पकिस्तानलाई ३-०ले हराएकाे थियाे भने दाेस्राे खेलमा माल्दिभ्सलाई ९-० ले पराजित गरेकाे थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर