आदिलले पाँच विकेट लिएपनि कर्णालीसँग ३ रनले हार्‍यो मधेश – Nepal Press

आदिलले पाँच विकेट लिएपनि कर्णालीसँग ३ रनले हार्‍यो मधेश

काठमाडौं । नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा मंगलबार कर्णाली प्रदेशले मधेश प्रदेशमाथि तीन रनको रोमाञ्चक जित हात पारेको छ ।

पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर ११४ रन जोडेको थियो । कर्णालीका विकेट किपरसमेत रहेका प्रारम्भिक ब्याट्सम्यान विपिन रावतले सर्वाधिक २४ रन बनाए । प्रकाश जैसीले १९, दिनेश अधिकारीले १५ र कप्तान रविन्द्र शाहीले १० रन बनाए । मधेश प्रदेशका मोहम्मद आदिल आलम एक्लैले ५ विकेट लिए । उनले चार ओभरमा १४ रन खर्चिएका थिए । हरिशंकर शाहले दुई तथा विशाल सुस्लिङ र नविन यादबले एक-एक विकेट लिए ।

मधेश प्रदेशले निर्धारित २० ओभर खेलेपनि ९ विकेट गुमाएर एक सय ११ रन मात्र जोड्न सक्यो। उसका लागि हरिशंकर शाह एक्लैले ४८ रन बनाए । पछिल्लो क्रमका राकेश कामतले १९ र रोहन विकेले १० रन जोडे । विकेटकिपर सन्तोष कार्कीले ४, कप्तान हासिम अन्सारीले ८, विशाल सुस्लिङले २ र आदिल आलमले दुई रन बनाए ।

कर्णालीका दिनेश अधिकारीले तीन तथा दिवान पुन र रविन्द्र शाहीले दुई दुई विकेट हात पारे । समूह एमा चार खेलबाट ४ अंक भएको कर्णाली तेस्रो स्थानमा छ । नेपाल पुलिसको चार खेलबाट ६ अंक छ भने त्रिभुवन आर्मी क्लबको ४ अंक छ । चार खेल खेलेको गण्डकीको पनि चार अंक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर