भदौ ३१ देखि असोज १ सम्म राष्ट्रव्यापी पावर लिफ्टिङ प्रतियोगिता हुने – Nepal Press

भदौ ३१ देखि असोज १ सम्म राष्ट्रव्यापी पावर लिफ्टिङ प्रतियोगिता हुने

काठमाडौं । नेपाल पावर लिफ्टिङ संघले आगामी भाद्र ३१ देखि असोज १ गते सम्म स्वगीय रुप कार्कीको स्मृतिमा राष्ट्रव्यापी पावर लिफ्टिङ प्रतियोगिता आयोजना गर्ने भएको छ।

‘स्वास्थका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद ‘ भन्ने राष्ट्रिय खेलकुद परिषद्को मूल नारालाई आत्मसाथ गर्दै नेपाल पावर लिफ्टिङ संघले पुरुषतर्फ २१ वर्ष मुनिका जुनियर र ४५ वर्ष माथिका सिनियर तथा महिलातर्फ ५५ केजी मुनिका ५५-६३ केजीसम्म र ६३ केजीभन्दा माथिको तौल समूहमा प्रतिस्पर्धा हुने जनाइएको छ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा नेपाल पावर लिफ्टिङ संघ अध्यक्ष सुन्दर भुसालले नेपाली पावर लिफ्टिङ खेलाडीहरु नेपालमा मात्र नभई विश्वव्यापी रुपमा रहेको बताए ।

यसअघिको प्रतियोगीतामा १११ खेलाडीको सहभागिता रहेकामा यसपटक १५० भन्दा बढी खेलाडी प्रतिस्पर्धामा सहभागी हुने अध्यक्ष भुसालले जानकारी दिए ।

पावर लिफ्टिङमा नेपालले गत डिसेम्बर ५ देखि ८ सम्म भारतको अमरावती भएको वर्ल्ड पावर लिफ्टिङ च्याम्पियनसीपमा पुरुष तथा महिला–२०२० प्रतियोगितामा तीन स्वर्ण र एक रजत पदक जितेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर