साफ च्याम्पियनसिप : मध्यान्तरसम्म श्रीलंंकामाथि नेपालकाे ४ गाेल – Nepal Press

साफ च्याम्पियनसिप : मध्यान्तरसम्म श्रीलंंकामाथि नेपालकाे ४ गाेल

काठमाडौं । साफ च्याम्पियनसिप अन्तर्गत नेपाल र श्रीलंंकाबीचको खेलमा नेपालले मध्यान्तरअघि ४-० को अग्रता लिएको छ । सुरुदेखि श्रीलंकालाई दवावमा राखेको नेपालले गोलका थुप्रै अवसरहरु सिर्जना गरेको थियो भने चारपटक बललाई जाली चुमाउन सफल भएको हो ।

नेपालका लागि रश्मीकुमारी घिसिङले १० औं मिनेटमा गोलको खाता खोलेकी थिइन् । त्यसको एक मिनेटपछि नै सरु लिम्बुले एक गोल थपिन् ।

यसैगरी १७ औं मिनेटमा अमृता जैसीले १ गोल गरिन् भने मध्यान्तरको ठीक अघि ४५ औं मिनेटमा दिपा राईले चौंथो गोल गर्दै खेलमा नेपालको पकड मजबुत बनाएकी हुन् ।

आज नेपालले मुख्य स्ट्राइकर सावित्री भण्डारीबिना प्रतिस्पर्धा गरिरहेको छ । नेपाली टिमले अहिलेसम्म सावित्रीको अभाव महसुस गर्न दिएका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर